भक्तपुर जिल्ला क्रिकेट संघका वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । जिल्ला कार्यसमितिका अध्यक्ष मनिषराज पाण्डेको अध्यक्षतामा भएको साधारणसभाले उपत्यकाब्यापी विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, साधारणसभाले खुला क्लबस्तरीय प्रतियोगिता आयोजना गर्ने र भक्तपुर जिल्लाको क्रिकेट गतिविधिमा महत्वपूर्ण योगदान पु-याउने ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय पनि लिएको छ ।
यसैगरी, साधारणसभाले एनसीसीएस आमन्त्रित उपत्यकाब्यापी टी–२० प्रतियोगितालाई निरन्तरता दिने निर्णय पनि गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ मा भएका गतिविधिहरुको समिक्षा पनि गरेको जानकारी जिल्ला संघका सचिव संजय बस्नेतले दिए ।
यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक लोख परीक्षणका लागि लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण