श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशंका
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपाका सांसद प्रकाश अधिकारीले भने नियुक्ति अनुमोदनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकले स्नातक तहको सर्टिफिकेट नभएका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको बारेमा भने फेरि अर्को बैठकमा छलफल गरेका छन् ।
प्रस्तावित राजदूतलाई अनुमोदन गर्ने बारेमा छलफल हुँदा प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका भट्टराईको सर्टिफिकेट नभेटिएपछि बैठकबाट बाहिर निस्केर नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की र नेपाली कांग्रेसका सचेतक समेत रहेका घिमिरेले भट्टराईलाई फोन गरी सर्टिफिकेट बुझाउन आग्रह गरेका थिए।
भट्टराईको विषयमा सर्टिफिकेट पूरा बुझाएपछि मात्रै अर्को बैठकमा निर्णय हुने भएको छ। उनको शैक्षिक प्रमाणपत्र नै फर्जी भएको आशंका गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले बताएका छन्। समितिमा उनको सर्टिफिकेट फर्जी रहेको सूचना आएको उनले बताए ।
सुनुवाइ समितिले विभिन्न पदका लागि प्रस्तावित व्यक्तिको पुरै शैक्षिक योग्यताको प्रमाणपत्र जाँच गरेर मात्र संसदीय सुनुवाइका लागि बोलाउन संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण