एभरेष्ट महिला भलिबल लिग : रुसकी एकातोरिनाले गण्डकी थण्डर्सबाट खेल्ने
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले रुसकी खेलाडीलाई क्लबमा आबद्ध गरेको छ । गण्डकी थण्डर्सले रुसकी खेलाडी एकातोरिना जुभियागिनसिभालाई क्लबमा आबद्ध गरेको हो ।
गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा एकातोरिनालाई अनुबन्ध गरेको हो । एकातोरिना रुसको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रुस र मंगोलियामा आयोजना हुने थुप्रै घरेलु प्रतियोगिताहरु खेलेकी छन् ।
एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताएकी छन् । उनले भनिन्, ‘नेपालजस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई निकै खुसी लागेको छ । अब छिट्टै कोर्टमा भेट हुनेछ ।’
एकातोरिनाले दुई सिजन सन् २०१७ र सन् २०१८ मा यू–२० रसियन लिग खेलेकी छन् । यसैगरी उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग पनि खेलेकी छन् । गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रुसकै एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो ।
गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ । आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीनजना विदेशी खेलाडी टोलीमा रहँदा गण्डकी बलियो भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण