अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण
काठमाडौँ । नेपाल–अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो ।
नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । बैठकमा सहभागी अमेरिकी टोलीले नेपाललाई आवश्यक सहायता चाहेका क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ ।
नेपालले अमेरिकासँग व्यापार सुविधा, नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम, (एनटीपीपी)को समयावधि थप्न प्रस्ताव पनि गरेको थियो । त्यस्तै नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । यसमा अमेरिकी टोली सकारात्मक देखिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबिच थप सहयोग आदान–प्रदान गर्ने विषयमा सहमति पनि भएको छ । अमेरिकी टोलीले नेपाललाई लगानी सम्बन्धी कानुनी र प्रक्रियागत सुधार गर्न सुझावसमेत दिएको छ । परिषद्को आठौँ बैठक अमेरिकामा आगामी वर्ष सन् २०२५ मा बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण