हकप्रदमा नबिकेको साढे १७ लाख कित्ता साधारण शेयर लिलामीमा
शुक्रबार, ०४ असोज २०८१, ०८ : ०५
काठमाडौँ । जारी गरेको हकप्रद शेयर बिक्री नभएपछि आँखुखोला हाइड्रोपावरले साढे ७ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा चढाएको छ । उक्त कम्पनीले साउन अन्तिम साता १५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।
तोकिएको अवधिमा सर्वसाधारण समूहतर्फको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयरका लागि आवेदन नपरेको कम्पनीले जनाएको छ ।
उक्त कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङले असोज ११ देखि २० गतेसम्म अवितरित शेयरको लिलामीका लागि आवेदन दिने मिति तोकेको छ ।
उक्त शेयरका लागि न्यूनतम १०० रुपैयाँ मूल्य तोकिएको छ । अहिले बजारमा उक्त कम्पनीको शेयरको अन्तिम कारोबार मूल्य २०७ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण