च्याम्पियन्स लिग फुटबल : पहिलो खेलमै मोनाकोसँग हार्यो बार्सिलोना

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमै पराजित भएको छ । फ्रेन्च लिग क्लब मोनाकोले बिहीबार राति सम्पन्न खेलमा बलियो बार्सिलोनालाई २–१ गोलले हराएको हो ।
उक्त खेल मोनाकोको घरेलु मैदानमा खेलिएको थियो । खेलमा सुरुवाती अग्रता पनि मोनाकोले नै लिएको थियो । खेल सुरु भएको १६औँ मिनेटमा घरेलु टोली मोनाकोका लागि म्यागनेस अक्लिउचेले पहिलो गोल गरेका थिए ।
खेल सुरु भएको १०औँ मिनेटमै बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो । बार्सिलोनाका प्रभावशाली खेलाडी एरिक गार्सिया रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसको प्रत्यक्ष फाइदा मोनाकोले उठायो ।
निर्धारित समयको २८औँ मिनेटमा बार्सिलोनका लामिन यामलले जवाफी गोल फर्काएका थिए । सोही गोलका कारण पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा ७१औँ मिनेटमा मोनाकोका लागि जर्ज इलेनिखेनाले दोस्रो गोल थपेका थिए ।
बार्सिलोनाले लामो समयदेखि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । बार्सिलोनाले पछिल्लो पटक सन् २०१५ मा च्याम्पियन्स लिग जितेको थियो । हालसम्म बार्सिलोनाले पाँच पटक च्याम्पियन्स लिगको उपाधि चुकेको छ भने तीनपटक उपविजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि विवरण सङ्कलनदेखि वैकल्पिक मार्ग खोजी गर्ने सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित