भारतमा एमपक्सको दोस्रो सङ्क्रमित भेटिए
शुक्रबार, ०४ असोज २०८१, १० : ५३
नयाँ दिल्ली । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ ।
सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका लक्षण देखा परेपछि परीक्षणका क्रममा उनमा एमपक्स सङ्क्रमण भएको पुष्टि भएको हो ।
भारतमा एमपक्स सङ्क्रमणको यो दोस्रो मामिला हो । यसअघि महिनाको सुरुमा केरलामा भारतकै पहिलो एमपक्स सङ्क्रमण पूष्टि भएको थियो ।
केही दिनअघि युएईबाट आएका ३५ वर्षीय पुरुषलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी युएईमा हुँदा इमपक्स संक्रमितको सम्पर्कमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण