युक्रेनलाई हतियार बेचेको समाचार आएपछि भारतले के भन्यो ?
नयाँ दिल्ली । भारतीय हातहतियार युरोपको बाटो भएर युक्रेनमा पठाइएको दाबीसहित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको खबर भारतको विदेश मन्त्रालयले खारेज गरेको छ । भारतीय हतियार निर्माताहरूको तर्फबाट युद्ध सामाग्री युरोपका ग्राहकहरूलाई बेचिएको र ती हतियार युक्रेन गएको थाहा पाएपछि रुसले विरोध गरेको भन्दै १९ सेप्टेम्बरमा रोयटर्सले समाचार छापेको थियो ।
खबरमा बताइएअनुसार रुसले विरोध गर्दागर्दै पनि भारतले यसमा कुनै रोक लगाएन । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने बिहीबार यो खबरबारे भने– ‘हामीले रोयटर्सले छापेको समाचार हेर्यौं । यो खबर काल्पनिक र भ्रमित गराउने खालको छ । खबरमा भारतको तर्फबाट नियमहरूको उल्लङ्घन गरेको कुरा गरिएको थियो, जुन गलत हो ।’
विदेश मन्त्रालयको विज्ञप्तिअनुसार सैन्य र अन्यमा प्रयोग हुने वस्तु निर्यातमा अन्तर्राष्ट्रिय कानुन मान्ने मामिलामा भारतको ट्र्याक रेकर्ड दागरहित छ । भारतले आफ्नो सैन्य हतियारको प्रसारको मामिलामा तय भएको अन्तर्राष्ट्रिय जिम्मेवारी र प्रमाणीकरणलाई ध्यान दिने पनि विज्ञप्तिमा भनिएको छ ।
रोयटर्सले समाचारमा भारतीय, युरोपेली र रक्षा उद्योगसँग सम्बन्धित अधिकारीसँगको कुराकानीको आधारमा त्यस्तो दाबी गरेको थियो । रुस विरुद्ध युक्रेनको प्रतिरक्षालाई यस्तो खालको समर्थन एक वर्षभन्दा बढी समयदेखि दिइरहेको समाचारमा स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण