असन्तुष्ट नेतासँग संवाद गर्ने उपेन्द्रको तयारी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल पार्टी भित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न पार्टीभित्र छलफल भइरहेको छ ।जेठमा सम्पन्न महाधिवेशनपछि गठन भएको पदाधिकारी, कार्यकारिणी सहितको केन्द्रीय समितिलाई लिएर पार्टीमा व्यापक असन्तुष्टि बढेको थियो ।
यतिसम्म भयो कि निर्वाचन आयोगमा उजुरी समेत पर्यो । पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएको कार्यक्रम बहिष्कार गर्ने कार्य पनि भयो । पार्टीले सञ्चालन गरेको अभियानलाई पनि ठाउँ ठाउँमा बहिष्कार गरे । कतिपयले पार्टी नै छाड्ने चेतावनी पनि दिए ।
सबभन्दा चिन्ताको विषय असन्तुष्ट नेताहरू अशोक राई नेतृत्वको जसपाको सम्पर्कमा पुगेका छन् कतिपय नेताहरू पार्टी पनि छाडि सकेका छन् । जसपाले पनि असन्तुष्ट नेताहरूसँग सम्पर्क गरिरहेको छ । अहिले नै जसपाले पार्टीका विभिन्न सङ्गठनलाई गठन र पुनर्गठन गरिरहेको छ । असन्तुष्ट नेताहरू जसपामा जान्छन् कि भनी चिन्ता जसपा नेपालका शीर्ष नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
यी सबै विषयमा जसपा नेपालको कार्यकारिणी समितिमा छलफल भइरहेको छ । तीन दिनदेखि जारीदेखि कार्यकारिणी समितिको बैठकमा बोल्ने अधिकांश नेताले असन्तुष्ट रहेका नेताहरूसँग संवाद गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि असन्तुष्ट नेताहरूसँग संवाद गर्ने पक्षमा छन् । कुरा गर्न अध्यक्ष यादवलाई जिम्मेवारी दिने कि कार्यदल गठन गर्ने ती विषयमा पनि छलफल भइरहेको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण