आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा ६ स्पर्धा
काठमाडौँ । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) को आयोजनामा छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा सातवटै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने जानकारी आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले दिए । प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ दुई गरी कुल ६ वटा स्पर्धामा समावेश गरिएको छ ।
पुरुषतर्फ ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलातर्फ ४० केजीमुनि र ४५ केजीमुनिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ३१ हजार रुपैयाँ रहेको छ । एक दिने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी–कभर्डहलमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण