उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालनमा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डेटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने छ ।
यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण जानकारी राखिएको छ । महासंघमा अप्रत्यक्ष, प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आबद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहने महासंघले जनाएको छ ।
यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । ‘नलेज प्ल्याटफर्म’ का रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिने जनाइएको छ । जुन सर्वसाधारणको पहुँचमा पनि रहने छ ।
प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।
प्रणाली नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण