युवा पलायनका कारण अर्थतन्त्रमा सङ्कुचन आएको होः मन्त्री काफ्ले

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले युवा विदेश पलायनको दरसँगै अर्थतन्त्रमा पनि सङ्कुचन आएको बताएका छन् । उनले युवाहरू पलायनका कारण अर्थतन्त्र कमजोर बनेको उनले बताए ।
शुक्रबारबाट काभ्रेको बनेपामा भएको ‘बनेपा महोत्सव–२०८१’ उद्घाटन गर्दै मन्त्री काफ्लेले ठुलो जनसङ्ख्या विदेशमा रहेका कारण मुलुकमा सबै क्षेत्र ‘घाटामा’ रहेको बताए । उनका अनुसार व्यवसायको सुरक्षा राज्यको दायित्व लिने बताए । राज्यलाई व्यवसायीले पनि कर तिरेर सहयोग गरिरहेको उनको भनाइ छ ।
स्थानीय उत्पादन संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले बताए । उनले मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ । मेला महोत्सवले आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्द्धन गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’