युवा पलायनका कारण अर्थतन्त्रमा सङ्कुचन आएको होः मन्त्री काफ्ले
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले युवा विदेश पलायनको दरसँगै अर्थतन्त्रमा पनि सङ्कुचन आएको बताएका छन् । उनले युवाहरू पलायनका कारण अर्थतन्त्र कमजोर बनेको उनले बताए ।
शुक्रबारबाट काभ्रेको बनेपामा भएको ‘बनेपा महोत्सव–२०८१’ उद्घाटन गर्दै मन्त्री काफ्लेले ठुलो जनसङ्ख्या विदेशमा रहेका कारण मुलुकमा सबै क्षेत्र ‘घाटामा’ रहेको बताए । उनका अनुसार व्यवसायको सुरक्षा राज्यको दायित्व लिने बताए । राज्यलाई व्यवसायीले पनि कर तिरेर सहयोग गरिरहेको उनको भनाइ छ ।
स्थानीय उत्पादन संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले बताए । उनले मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ । मेला महोत्सवले आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्द्धन गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण