सडक मर्मत नभएको भन्दै सांसदहरू नै बसे धर्नामा
काठमाडौँ । समयमै सडक मर्मत नभएको भन्दै एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मासहितका जनप्रतिनिधिहरू सडकमै धर्ना बसेका छन् ।
भैरहवा–परासी हुलाकी सडक खण्डको सेमरहवामा सङ्घीय सांसद विश्वकर्मासहित प्रदेश सांसद र गाउँपालिका अध्यक्ष शुक्रवार सडकमा धर्ना बसेका हुन् ।
सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वकर्मा, प्रदेशसभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव लगायत स्थानीयहरू धर्नामा बसेको सांसद विश्वकर्माले बताए ।
उनका अनुसार सडक डिभिजन कार्यालय बुटवलले विशेष मर्मत शीर्षक अन्तर्गत दुई वर्षअगाडि ठेक्का सम्झौता गरेपनि अहिलेसम्म उक्त सडक मर्मत नभएपछि दबाबस्वरूप धर्नामा बस्नुपरेको बताए ।
उक्त सडक मर्मत गर्न कम्पनी ओमकार विल्डर्सले ठेक्का सम्झौता गरेको थियो । ‘दुई वर्षदेखि जोतेर छाडिएको छ । विभिन्न चरणमा भएका छलफलमा शुक्रवार बिहानबाट मर्मत गर्ने भनिए पनि भएन । त्यसयता धेरै दुर्घटना भएका छन्’, विश्वकर्माले भने ।
सांसदहरू धर्नामा बसेपछि स्थानीय प्रशासनसहित सरोकारवालाहरू बसेर १२ दिन भित्र काम सक्ने लिखित सहमति भएपछि धर्ना तोडिएको विश्वकर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण