कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा
काठमाडौँ । अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्नेबारे सार्वजनिक गरेको हो ।
नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफी अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो ।
रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली यश्विज’बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन् ।
खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफू जोडिन पाउँदा खुसी लागेको उनले बताएकी छिन् । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई गर्वान्वित महशुस भएको उनले बताइन् ।
‘एभरेष्ट वुमन भलिबल लिग’ यही असोज १४ देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । कर्णाली यश्विज टिमबाट प्रशिक्षकमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । उनी ’न्यु डाइमन्ड युथ स्पोट्स क्लब’को प्रमुख अध्यक्ष समेत हुन् ।
उनको प्रशिक्षण र ग्याब्रीएल बेन्डाको साथ र समर्थनले कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग(ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन् ।
कर्णालीको टिमबाट सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
-
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
-
मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त
-
सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल
-
स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा
-
भाइरल ज्वरो तथा डेंगुका बिरामी बढे, अस्पतालको भुईँमा राखेर उपचार