साउदी प्रो लिग : इत्तिफाकविरुद्व नासरको शानदार जित
काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल इत्तिफाकविरुद्ध अल नासरले ३-० को शानदार जित निकालेको छ ।
शुक्रबार राति इत्तिफाकको घरेलु मैदान अब्दुल्लाह अल दबिल स्टेडियममा भएको खेलमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित नासरले ३-० को फराकिलो जित निकालेको हो ।
नासरका लागि क्रिष्टियानो रोनाल्डोले ३३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए भने ५६ औँ मिनेटमा सलिम अल नाज्दी र ७० औँ मिनेटमा तालिस्काले एक-एक गोल गर्दै जित दिलाए । यसअघि लगातार तीन खेलमा जित निकालेको इत्तिफाक यो खेलमा भने आफ्नै मैदानमा नासरसँग स्तब्ध बनेको हो । नासरका लागि भने यो जित निकै अर्थपूर्ण रह्यो ।
प्रतियोगितामा चार खेल खेल्दा दुईमा बराबरी र दुईमा जित निकालेको नासर अंक तालिकामा चौँथो स्थानमा अडिएको छ । इत्तिफाक ९ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबारै भएको अर्को खेलमा अल अहिल एससीले दमाकविरुद्ध ४-२ अन्तरको जित निकालेको छ भने त्यसअघि शुक्रबारै भएको अल खालिज र अल फइयाबीचको खेल बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण