साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा
थिम्पु । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौँमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे ।
टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ । सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ ।
नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलङ्का पनि रहेका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बङ्गलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण