साफ यू–१७ च्याम्पियनसिप : यस्तो छ पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली
थिम्पु । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो ।
मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्ने बताए । सबै खेलाडीहरूमा अब्बल क्षमता रहेको बताउँदै प्लेयिङ ११ मा नपरेका खेलाडीले चित्त दुखाउन नहुने उल्लेख गरे ।
पाकिस्तानविरुद्धको खेलमा गोलपोष्टको जिम्मेवारी पेम्बा नोर्बु भोटेले सम्हाल्ने छन् । यसैगरी फरवार्डमा कप्तान सुवास बमसहित सुजन डङ्गोल र विज्ञान खड्का रहेका छन् ।
डिफेन्समा एकराज विके, प्रशान्त मोक्तान, भुवन कामी र निशान्त लावत रहेका छन् । त्यसैगरी मिडफिल्डमा जोन विष्ट, पवन पाख्रिन र कृष्णबहादुर आले रहेका छन् ।
नेपाल र पाकिस्तानबिचको खेल थिम्पुमा रहेको चाङ्लीमिथाङ रंगशालामा नेपालको समय अनुसार पौने २ बजे सुरु हुने छ ।
पाकिस्तानविरुद्ध खेल्ने नेपालको यू १७ टोली
सुवास बम (कप्तान), पेम्बा नोर्बु भोटे (गोलकिपर), एकराज वि।के, प्रशान्त मोक्तान, जोन विष्ट, सुजन डङ्गोल, पवन पाख्रिन, कृष्णबहादुर आले, भुवन कामी, विज्ञान खड्का र निशान्त लावत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण