छलफल
दसैँकाे अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने
शनिबार, ०५ असोज २०८१, १२ : ३९
काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए ।
‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ,’ उनले भने, सडकहरू मर्मतको काम सकिएपछि अग्रिम टिकट बुकिङ खुला गछौँ ।’
यसका साथै चाडपर्वमा यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भइरहेको अध्यक्ष स्वाँरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण