सरकारबाट हट्दा पनि हामी जिते जसरी हट्यौँ, अरू हारे जसरी सरकारमा गए : अध्यक्ष प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सरकारबाट हट्दा पनि जिते जसरी हटेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको सहिद प्रतिष्ठानको १५ औँ साधारण सभामा बोल्दै प्रचण्डले अहिले सरकारमा जानेहरू हारे जसरी गएको र कुनै काम गर्न नसकेको उल्लेख गरे ।
उनले माओवादी घटकहरू एक ठाउँमा आउन अझै पनि ढिला नभएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने– ‘माओवादी साथीहरूलाई भन्न चाहन्छु, हामी ठाउँमा छौँ, अझै पनि बिग्रिसकेका छैनौँ । हामीले लड्ने ठाउँ, मञ्चहरू छन्, मोर्चाहरू छन्, तपाईँहरूले देख्नुभयो होला, हामी सरकारबाट हट्दा हारेजस्तो गरी हटेका छैनौँ, जितेजस्तो गरी हटेका छौँ । सरकारमा जानेहरू हारेजस्तो गरी गएका छन् । अहिले सरकारले जे कदम चालेको छ, ती सबै असफल भएका छन् । हामीले जे आवाज उठाएका छौँ, हामी सफल भएका छौँ ।’
यस्तै उनले जनयुद्धलाई एमालेका नेताहरूले संसदमा हिंसा उल्लेख गरेको बताउँदै एमाले त्यसबाट पछि नहटेसम्म आन्दोलन जारी रहने सबैतिरबाट यसका लागि साथ सहयोग चाहिने बताए ।
प्रचण्डले प्रतिनिधि सभामा कहिले धेरै सिट हुने कहिले थोरै हुने भए पनि हजारौँ सहिदहरूको तागत भएमा माओवादी कहिले पनि नघट्ने बताए । सहिद प्रतिष्ठान माओवादीको शक्ति रहेको बताउँदै जिल्ला जिल्लामा सहिद प्रतिष्ठान बनाउन बजेट व्यवस्था गर्न र व्यापक विस्तार गर्न पनि लाग्नुपर्नेमा जोड दिए ।
उनले माओवादीहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । उनले भने– ‘सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुनुपर्छ, हाम्रा मुद्दा सबैका साझा छन्, माओवादी आन्दोलनसँग सम्बन्धित, सहिदसँग सम्बन्धित बेपत्ता योद्धासँग सम्बन्धित, घाइते अपाङ्गसँग सम्बन्धित, त्यसका सहयात्रीसँग मर्म एउटै छन् । त्यसकारण हामी एक ठाउँमा आउनुको विकल्प छैन । हामी सबैले माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत धेरै ठुलो हुनेवाला छ । त्यो तागतले मात्र प्रतिक्रियावादीहरुको जालझेल षडयन्त्र, जालझेलहरूलाई परास्त गर्न सकिने छ ।’
माओवादीसँग हजारौँ सहिदहरू रहेको र उनीहरू नै पार्टीको शक्ति भएको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण