साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित
काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग्रता लिन असफल भएको थियो । नेपालका गोलरक्षक पेम्बा नोर्बुले पनि पाकिस्तानी प्रहारलाई लगातार बचाए पनि ८१ औँ मिनेटमा नेपालले गोल खान पुगेको थियो ।
पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि पाकिस्तानको रक्षात्मक लाइन बलियो रह्यो र अन्ततः पाकिस्तान विजयी भयो ।
यस जितसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्त्वपूर्ण ३ अङ्क लिएको छ । अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ भने पाकिस्तानले भुटानविरुद्ध सेप्टेम्बर २३ मा र सेप्टेम्बर २५ मा श्रीलंकासँग खेल्ने छ । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले खेलपछि पत्रकारसँग कुरा गर्दै राम्रो खेल्दा खेल्दै पनि टिम पराजित हुन पुगेकोमा दुखी भएको बताए ।
पाकिस्तानकी खेलाडीलाई हाइट एड्भान्टेज रहेको बताउँदै श्रीलंकाविरुद्धको खेल ३ प्वाइन्ट लिने गरी खेल्ने बताए । कप्तान सुवास घाइते भएर मैदान छाडेको प्रश्नमा प्रशिक्षक श्रेष्ठले चोट सामान्य रहेको बताउँदै श्रीलंकाविरुद्ध फिट हुने पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण