सिंघम ३ मा सलमानको क्यामियो नरहने
नयाँदिल्ली । बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा सलमान खानले क्यामियो भूमिका खेल्ने चर्चा थियो । फिल्म ‘दबंग’मा सलमानले निर्वाचह गरेको चुलबुल पाण्डे पात्र सो फिल्ममा देखिने बताइएको थियो । यस फिल्ममा साउद स्टार अभिनेता प्रभासको नामबारे पनि चर्चा सुनिएको थियो ।
तर यसबारे रोहितको तर्फबाट भने कुनै पनि बयान आएको छैन । फिल्ममा प्रभास देखिने नदेखिने पूरै स्पष्ट भइसकेको छैन । तर ई–टाइम्समा छापिएको खबरका अनुसार सलमान यस फिल्मको हिस्सा हुनेछैन । यस विषयमा फिल्म निर्माता रोहित शेट्टीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन ।
‘सिंघम ३’ मल्टिस्टार फिल्म हो । फिल्ममा अजय डीसीपी बाजीराव सिंघमको भूमिकामा फर्किएका छन् । यसमा ‘सूर्यवंशी’ अक्षयकुमार र ‘सिम्बा’ रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्ममा करीना कपुर खान, दीपिका पादुकोण, ज्याकी श्राफ, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन् ।
फिल्म यही वर्ष दीपावलीमा रिलिज हुँदैछ । बक्स अफिसमा सिंगम ३ कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया ३’ सँग भिड्नेछ । हाल सलमान एआर मुरुगादाससँग फिल्म ‘सिकंदर’ को सुटिङमा व्यस्त छन् । यो फिल्म अर्काे वर्षको इदमा रिलिज हुँदैछ । यसमा रश्मिका मन्डन्ना पहिलो पटक सलमानको अपोजिटमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण