अल जजिराको वेष्ट बैंक कार्यालय ४५ दिनसम्म बन्द गर्न आदेश
तेल अभिभ । आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्युज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । सेनाले अल जजिराको सो कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएको छ ।
आइतबार बिहान, सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिकहरू प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई कार्यालय बन्दको आदेश पत्र दिएका थिए ।
यसलाई प्रत्यक्ष प्रसारणमा पढेर सुनाइएको थियो । यो सबै दर्शकले पनि देखेका थिए । ‘यसरी पत्रकारहरूलाई निशाना बनाउने उद्देश्य सधैं सत्यलाई मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो,’ ओमारीले अल जजीराले उपलब्ध गराएको टिप्पणीहरूमा भनेका छन् ।
अप्रिलको महिनामा इजरायलको संसदले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिने कानुन पारित गरेको थियो । आइतबारको छापामा देखिएजस्तै, अल जजिरामा यो प्रतिबन्ध एक पटकमा ४५ दिनको लागि रहनेछ ।
त्यसपछि यो थप विस्तार हुनसक्छ । मे को सुरुमा पनि नजारेथ र पूर्वी जेरुसेलममा रहेको अल जजिराको कार्यालयमा छापा मारिएको थियो । आइतबारको कारबाहीबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण