नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् । पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
उनले भने, “हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।” यसैगरी उनले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गरेका थिए ।
जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गरे । उनले भने, “हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण