अन्तर वडा फुटसल : वडा नम्बर २१ र २६ पेनाल्टी सुटआउटमा विजयी
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नम्बर २१ र वडा नम्बर २६ ले टाइब्रेकरमा जित हािसल गरेका छन् । लैनचौर फुटसल मैदानमा खेलिएको खेलमा वडा नम्बर २१ ले वडा नम्बर २२ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
निर्धारीत समयकौ खेल १–१ गोलले बराबरीमा सकिएको थियो । निर्धारित समयका वडा नम्बर २१ का लागि साजन डंगोलले गोल गरे । वडा नम्बर २२ ले भने आत्मघाती गोल उपहार पाएको थियो । उक्त खेलमा वडा २१ का गोलरक्षक अरुण पोडे म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा वडा नम्बर २६ ले वडा नम्बर ३२ लाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयमा वडा नम्बर २६ का लागि साजन शाही र वडा नम्बर ३२ का लागि विक्रम बिसुन्केले गोल गरेका थिए । उक्त खेलमा विजयी टोलीका साजन म्यान अफ दि म्याच घोषित भए ।
आइतबार नै सम्पन्न अन्य खेलमा वडा नम्बर १२ ले वडा नम्बर ५ लाई २–१ गोलले र वडा नम्बर ८ ले वडा नम्बर ३१ लाई १–० गोलले पराजित गरे । वडा ३१ का खेलाडीबाट आत्मघाती गोल भएपछि वडा नम्बर ८ विजयी बनेको थियो ।
उक्त खेलमा वडा नम्बर ८ का कप्तान मनिष सेढाई प्लेयर अफ दि म्याच घोषित भए । वडा नम्बर ५ विरुद्धको खेलमा वडा नम्बर १२ लागि राज शाहीले दुवै गोल गरेका थिए । उनी नै म्यान अफ दि म्याच पनि घोषित भए । वडा नम्बर ५ का लागि भने एकमात्र गोल पुस्कर आचार्यले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण