गर्भवती महिलाको पेटभित्र रहेको बच्चाको पेटमा बच्चा भेटिएपछि...
नयाँ दिल्ली । मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ ।
अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ ।
डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ ।
बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् ।
जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा बच्चा हुन सक्ने आशंका देखियो । मेडिकल कलेजमा दोहोर्याएर जाँच्दा यो कुरा सत्य साबित भयो ।
महिलाले सामान्य प्रसव प्रक्रियाबाट छोरीलाई जन्म दिएकी थिइन् । अल्ट्रा साउन्डको रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा एउटा गाँठो जस्तो देखिएको थियो ।
सीटी स्क्यानका क्रमा पेटमा बच्चा नै भएको सम्भावना धेरै पाइयो । यस्तो खालको मामिला दूर्लभ हुन्छ ।
पाँच लाख महिलामा एक जनामा यस्तो हुन्छ । अहिलेसम्म विश्वभर यस्ता खालको २०० मामिला देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण