एभरेष्ट महिला भलिबल लिग : भारतीय खेलाडी जुहीले गण्डकी थण्डर्सबाट खेल्ने
काठमाडौँ । नेपालमा आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले चौथो विदेशी खेलाडी पनि भित्राएको छ । गण्डकी थण्डर्सले चौथो विदेशी खेलाडीका रूपमा भारतकी जुही शालाई भित्राएको हो ।
भातरीय टोलीकी अनुभवी खेलाडी जुहीले यसअघि पनि नेपालमा भलिबल खेलिसकेकी छन् । सेटर जुहीले हालै काठमाडौँमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
जुही करिब १५ वर्ष लामो अनुभव संगालेकी खेलाडी हुन् । उनीसँग एभीसी च्यालेन्जर कप, काभा वुमन्स भलिबल लिगजस्ता प्रतियोगिता खेलेको अनुभव छ । उनी काठमाडौँमा सम्पन्न काभा महिला लिगमा वेस्ट सेटर पनि घोषित भएकी थिइन् ।
गण्डकी थण्डर्सले यसअघि दुई रुसी र एक भारतीय खेलाडीलाई क्लबमा अनुबन्ध गरिसकेको छ । गण्डकी थण्डर्समा आबद्ध हुने रुसी खेलाडी जुभियागिनसिभा र एलिसा रुबियक तथा भारतीय खेलाडी शिल्पा सिन्धुलाई हुन् ।
चारजना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरव केडियाले अब गण्डकीले उपाधिमा बलियो दावेदारी प्रस्तुत गर्ने बताएका छन् । टोलीका प्रबन्धक विकास खेतानले आफ्नो टोलीमा विदेशी खेलाडी अनुबन्ध कार्य सकिएको बताए । उनले गण्डकी थण्डर्सले ट्यालेन्ट हन्टबाट चाडै खेलाडी अनुबन्ध गर्ने जानकारी पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण