संविधान संशोधन सरकारको मात्रै विषय होइन : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताएका छन् । आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताए । उनले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी सुरु भएको भन्दै यो दुःखद रहेको बताए । उनले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट सुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गरे । उनले व्यवहारमा गरेका अनुभव र जनताको समस्याहरूलाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताए ।
सभामुख घिमिरेले संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताए । संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रूपमा लिन नहुने बताए । उनले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले न्यूनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण