रेडियो नेपालमा महिला साहायता तथा स्तनपान कक्षको शुभारम्भ
काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले महिला साहायता तथा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा रेडियो नेपालले आफ्नो केन्द्रीय कार्यालय सिंहदरबारमा महिला कर्मचारीलाई लक्षित गरी स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा ल्याएको हो । स्तनपान कक्षको आइतबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बोल्दै सचिव अर्यालले रेडियो नेपालले महिलामैत्री वातावरणका लागि गरेको प्रयासको प्रशंसा गरिन् । उनले स–साना सकारात्मक प्रयासबाटै ठुला उपलब्धिहरू हासिल हुने बताउँदै रेडियो नेपालमा महिला सहायता कक्ष निर्माण एकदमै सकारात्मक प्रयास भएको औँल्याइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले यसबाट रेडियो नेपालमा कार्यरत महिला कर्मचारीहरूको मनोबल उच्च हुने र महिला कर्मचारीका साथसाथै कर्मचारीका बालबच्चाहरूलाई फाइदा मिल्ने बताए । उनले कार्यालयमा लैंगिक समानताका लागि आफूले रेडियो नेपालको कार्यकारी निर्देशक हुँदा गरेको वाचा अनुसार सहायता कक्ष सञ्चालनमा ल्याएको बताए ।
कार्यक्रममा बोल्दै रेडियो नेपाल दिदी बहिनी समूहका अध्यक्ष एवं उपनिर्देशक प्रज्ञा सरदले लैगिङ्ग सशक्तीकरण र सामाजिक समावेशी अभियन्ताका रुपमासमेत परिचित कार्यकारी निर्देशक लामाले आफ्नो पदवहाली कार्यक्रममा गरेको घोषणा यत्ति छिटै पुरा भएकोमा खुसी व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण