विपिनले थाले ‘तेल भिसा’ को डबिङ
सोमबार, ०७ असोज २०८१, १२ : १९
काठमाडौँ । फिल्म ‘तेल भिसा’ को डबिङको काम सुरु भएको छ । आइतबार काठमाडौँको अनामनगरस्थित सम्राट फिल्मसमा डबिङ सुरु गरिएको हो ।
फिल्मको पहिलो डबिङ अभिनेता विपिन कार्कीले गरे । विपिनको डबिङ अझै केही दिन चल्नेछ । विपिनसँगसँगै अभिनेत्री पुजा चन्दको पनि डबिङ भैरहेको निर्देशक शंकर घिमिरेले बताए ।
अभिनेता कार्कीले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको डबिङ आफ्ना लागि बिशेष समय राख्ने बताए । ‘मैले फिल्ममा बुबा र छोराको भूमिका निभाएको छु । त्यसैले डबिङमा बिशेष ध्यान दिनुपर्ने छ’ कार्कीले भने ।
निर्देशक घिमिरेले नेपालमा रहेका कलाकारहरुको अब क्रमबद्ध तरिकाले डबिङको काम चल्ने र त्यसपछि फिल्मको साउण्ड मिक्सिङको काम गर्ने बताउँछन् ।
‘हामीले अमेरिकामा भएको अधिकांश सुटको सिंक साउण्डमै काम गरेका छौँ । नेपाल भित्रको पार्टको डबिङमा लागेका हौं’ घिमिरेले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण