पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो
गाले । निकै रोमाञ्चक बनेको पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई ६३ रनले पराजित गरेको छ । जितका लागि २ सय ७५ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम दिन अलआउट हुँदै २ सय ११ रन मात्र बनाउन सक्यो ।
न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले सर्वाधिक ९२ रनको इनिङ्स खेले । उनले यस क्रममा ९ चौका र १ छक्का प्रहार गरे ।
केन विलियमसन र टम ब्लन्डेलले समान ३०–३० रन जोडे । ओपनर टम ल्याथमले २८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
न्युजिल्याण्डलाई सस्तोमा समेट्न प्रबथ जयसूर्याले ५ विकेट लिए । उनले ३०.४ ओभर बलिङ गर्दै मात्र ६८ रन खर्चिए ।
त्यस्तै, रमेश मेन्डिसले ३ विकेट हात पारे भने असिथा फर्नान्डो र धनञ्जय डी सिल्भाले १–१ विकेट लिए ।
श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा ३ सय ५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले ३ सय ४० रन बनाउन सफल भएको थियो । श्रीलंकाले दोस्रो इनिङ्समा ३ सय ९ रन बनाएको थियो ।
पहिलो इनिङ्समा पनि ४ विकेट लिएका प्रबथ जयसूर्या प्लेयर अफ द म्याच घोषित भए ।
श्रीलंकाको भ्रमणमा रहेको न्युजिल्याण्डले दोस्रो टेस्ट सेप्टेम्बर २६ देखि खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण