रवि लक्षित मुख्यमन्त्री पाण्डेको कटाक्ष– स्वघोषित भगवानलाई पनि कानुन लागू हुन्छ
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा सबैले कानूनको पालना गर्नुपर्ने बताएका छन् । सम्बोधन गर्ने क्रममा सहकारी समस्याबारे बोल्दै उनले सबैले कानुन पालना गर्नुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेशभित्र सहकारीको रकम अनियमितता विकराल भएको भन्दै सरकारले जनतालाई न्याय दिनुपर्ने उनले बताए ।
‘प्रदेशभित्र सहकारीको अनियमितता विकराल छ । व्यक्ति जो सुकै होस्, दोषीलाई कानुनको कारबाहीमा ल्याउनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ । जनतालाई भ्रम छरेर अझै उम्किने र उम्काउने प्रयास गरिँदैछ । कानुन सबैको लागि बराबर हो,’ उनले भने, ‘एउटा मात्रै पासपोर्ट बोक्नेका लागि, २ वटा पासपोर्ट बोक्नेका लागि, २ वटा नागरिकता बोक्नेका लागि, सहकारीमा भ्रष्टाचार गर्नेका लागि, सहकारीमा ठगी गर्नेका लागि वा अन्य क्षेत्रमा भ्रष्टाचार गर्नेका लागि । जनताका लागि पनि वा स्वघोषित भगवानहरुका लागि पनि कानुन बराबर छ ।’
कानुनको बराबर कार्यान्वयन गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको उनले सुनाए । ‘जनतालाई पुनः भ्रमित बनाउने खेती सुरु भएको छ । योतर्फ सिंगो सदन दृढ भएर विपक्षमा उभिनुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण