लेबनानले भन्यो- इजरायली हमलामा ५० जनाको मृत्यु, ३०० घाइते
सोमबार, ०७ असोज २०८१, १७ : ४१
बेरुत । इजरायलले हिजबुल्लाहको गढहरूमा व्यापक स्तरको हमला सुरु गरेको छ । सुरक्षित रहन हिजबुल्लाहको गढ आसपासको क्षेत्रबाट टाढा जान इजरायलले सर्वसाधारणलाई चेतावनी पनि दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दक्षिणी लेबनानको सहर र गाउँहरूमा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्युको भएको छ ।
यी आक्रमणमा बच्चा र महिलाहरू समेत ३०० जना घाइते भएको पनि लेबनानको जनस्वास्थ्य आपत्काल सेन्टरले एक विज्ञप्तिमा भनेको छ । इजरायली सेनाले लेबनानमा बृहत् स्तरमा आक्रमण गर्ने भनेर यसअघि नै इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हागरीले भनेका थिए ।
उनले मानिसहरूलाई हेजबुल्लाहको गढ वरिपरि नबस्नको आग्रह पनि गरेका थिए । आईडीएफका अनुसार हालै हिजबुबुल्लाहले इजरायलमाथि १५० वटा रकेट हानेको थियो । यसको जवाफमा इजरायलले कारबाही तीव्र बनाएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण