सरकारका सचिवहरूको २४ निर्णय : सिंहदरबार प्रवेशमा ई–पास कार्यान्वयनदेखि बिचौलियाको अन्त्यसम्म
काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।
सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्नेसहित २४ वटा निर्णय गरेको हो ।
‘गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली कार्यान्वयनमा ल्याउने’, मुख्यसचिवले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ ।
त्यस्तै बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ–आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय सचिवहरूको बैठकले गरेको छ ।
‘यातायात, मालपोत नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, जिल्ला प्रशासन कार्यालय जस्ता निकायहरूमा प्रविधिको उपयोग गरी सेवा प्रवाह गर्ने र बिचौलियाको उपस्थिति नहुने विषय सुनिश्चित गर्ने’, निर्णयमा भनिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण