कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनुपर्ने निष्कर्षमा पुगेपछि दुई ठुला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् ।
कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष प्रचण्डको भनाई थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए ।
अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताए । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यसमा ठुला दलहरू गम्भीर बन्नुपर्ने बताए ।
उनले भने,‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यसकारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ ।’
अध्यक्ष प्रचण्डले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण