लेबनानमा इजरायलको हमला : सोमबार मृत्यु हुनेको संख्या ३५६ पुग्यो
बेरुत । लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानैदेखि दक्षिणी लेबनान, बेका र बालबेकका सहर र गाउँहरूमा इजरायली हमलाका कारण ३५६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ जना बालबालिका र ४२ महिला रहेका छन् ।
आक्रमणमा परी एक हजार २४६ जना घाइते भएका छन् । आक्रमणपछि देशको दक्षिणी भागका दसौँ हजार मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले बताएका छन् ।
'यी आक्रमणहरूको मुख्य उद्देश्य लक्षित क्षेत्रहरूबाट नागरिकहरूको यो पलायनलाई उक्साउनु थियो,' स्वास्थ्यमन्त्री अबियादलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।
इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।
विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण