गण्डकीमा ९ महिनामा ९ हजार डेंगी बिरामी, ६ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण पाठकले संसद्लाई जवाफ दिँदै पुसदेखि हालसम्मको विवरण पेस गरेका हुन् । उनका अनुसार यो अवधिमा ९ हजार ९४ जनालाई डेंगी पुष्टि भएको छ ।
सबैभन्दा बढी कास्कीमा ४ हजार ५ सय ५२, तनहुँमा २ हजार ३ सय ४७, पर्वतमा ८ सय १६, गोरखामा ४ सय १० जना बिरामी छन् । यस्तै, स्याङ्जामा ३ सय ३०, बागलुङमा ३ सय १८, म्याग्दीमा १ सय १७, नवलपुरमा १ सय ५, लमजुङमा ९४, मुस्ताङमा ३ जना बिरामी छन् । मनाङमा हालसम्म बिरामी भेटिएका छैनन् ।
पालिकाका हिसाबले पोखरामा सबैभन्दा बढी बिरामी छन् । पोखरामा ४ हजार ४ सय ३३, आँबुखैरेनीमा १ हजार ३ सय ८, कुश्मामा ७ सय ९४, व्यासमा ६ सय ३०, गोरखामा ३ सय २९, शुक्लागण्डकीमा २ सय ४६, बागलुङमा २ सय २९ र बेनीमा १ सय १२ बिरामी छन् ।
हालसम्म ६ जना डेंगी बिरामीको मृत्यु भएको छ । साउन १० गते सबैभन्दा पहिले तनहुँ व्यासका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो भने साउन ३१ गते पोखराकी ५२ वर्षीय महिला र भदौ १९ गते बेनी नगरपालिका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ २१ गते पोखराकी ८० वर्षीय महिला र असोज २ गते स्याङ्जाकी ७० वर्षीय महिलाको मृत्यु भएको पाठकले बताए ।
सरकारले डेंगी नियन्त्रणका लागि अभिमुखीकरणसँगै लार्भा नष्ट गर्ने अभियान चलाएको छ । यसबाहेक, प्रादेशिक अस्पताल र प्रदेश मातहतका अस्पताल तथा जीपी कोइराला अस्पतालमा १५ हजार थान डेंगी परीक्षण कीट प्रदान गरेर निःशुल्क परीक्षण भइरहेको पाठकको भनाई छ । ‘सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार भइरहेको छ,’ उनले भने, ‘निजी अस्पताल र प्रयोगशालामा प्रति परीक्षण ६ सय मात्रै लिन पाउने शुल्क तोकिएको छ ।’ बिरामीको दर बढ्दै गए थप स्रोतको आवश्यकता पर्ने उनको भनाई छ । प्रदेश सरकारले डेंगी रोकथाम कार्ययोजना र लार्भा खोज र नष्ट गर कार्यविधि तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण