सिटिजन्स बैंकको लाभांश घोषणा
मङ्गलबार, ०८ असोज २०८१, १० : ११
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ ।
बैंक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर ४.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको उल्लेख गरेको थियो । त्यसमध्ये अधिकांश रकम लाभांशको रुपमा वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण