अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन : कुन क्षेत्रबाट कति प्रतिनिधि आउनेछन् ?
काठमाडौँ । नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनका प्रतिनिधि छनोट क्षेत्रगत आधारमा निर्धारण गरिएको छ । बिहीबारदेखि असोज १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा राष्ट्रिय सम्मेलन हुँदै छ । जसमा हरेक जिल्लाबाट ७ जना प्रतिनिधि छनोट हुनेछन् ।
प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुने गरी २ जना, जिल्लाको सामुदायिक क्याम्पस र ठुलो ‘प्लस टु’ एक-एक जना प्रतिनिधित्व हुने उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । यस्तै स्ववियु सभापति जितेको क्याम्पसबाट दुईजना र हरेक आङ्गिक क्याम्पसबाट ५ जना प्रतिनिधि छनोट हुनेछन् ।
यसैगरी तीन हजार विद्यार्थी संख्या(स्नात्तक र स्नातकोत्तर) भएको सामुदायिक क्याम्पसबाट ५ जना, महानगरपालिकाबाट ५ जना, सिटिइभिटीका आङ्गिक कलेज (उपत्यकाभित्र)बाट ४ जना र उपत्यकाबाहिरबाट २ जना छनोट हुनेछन् । सहिद स्मृति आवासीय विद्यालयबाट २ जना, नेपाल संस्कृत विश्वविद्यालय, राजर्षी जनक (गौशाला) विश्वविद्यालयका आङ्गिक क्याम्पसबाट ३ जना, गण्डकी, लुम्बिनी, मदन भण्डारी विज्ञान प्राविधिक, मनमोहन प्राविधिक र खुला विश्वविद्यालयबाट ३ जना सहभागी हुनेछन् । यसैगरी विश्वविद्यालय राष्ट्रिय समितिबाट ९ जना, प्रदेशका सहिद सन्ततिबाट २ जना, प्रदेशबाट १५ जना र केन्द्रीय कार्यालयबाट ५ जना प्रतिनिधि छनोट हुने रावलले जानकारी दिए ।
सम्मेलनको तयारीको सम्बन्धमा क्रान्तिकारीले सोमबार पत्रकार सम्मेलन गरी ३ लाख सदस्यता वितरण, ४५० भन्दा बढी पालिका सम्मेलन सम्पन्न, ५०० भन्दा बढी क्याम्पस सम्मेलन सम्पन्न, राष्ट्रिय सम्मेलन तयारीका लागि ७५ जिल्लाका सम्मेलन र ६ वटा प्रदेश सम्मेलन सम्पन्न भएको जानकारी दिएको छ । क्रान्तिकारीका अनुसार तल्लो तहका सम्मेलनबाट राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि दुई हजार३२३ प्रतिनिधि निर्वाचित गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि, पर्यवेक्षकको नामावली करिब टुङ्ग्याइएको छ । सम्पन्न हुन बाँकी जिल्ला र विश्वविद्यालय राष्ट्रिय समिति, प्रदेश समिति सम्मेलन राष्ट्रिय सम्मेलन लगतै सम्पन्न गर्ने निर्णय गरिएको छ ।
यसपालि पहिलोपटक राष्ट्रिय सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गरी नेतृत्व निर्वाचित गरिनेछ जानकारी दिएको छ । सम्मेलनले प्रस्तावित विधान जस्ताको तस्तै पारित गरेमा ३३ पदाधिकारीसहित २४३ जना केन्द्रीय समिति चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण