अदालत
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा
मङ्गलबार, ०८ असोज २०८१, ११ : १२
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको हो । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।
दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण