देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छः डा. लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् ।
मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएका बताए । उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताए । उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए ।
उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन ।’
लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए । उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण