सिद्धार्थ नगरका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा
मङ्गलबार, ०८ असोज २०८१, १७ : ५४
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा निस्किएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका हुन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् ।
सिद्धार्थ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापा मगरले दसैँ सुरु भएपछि मात्रै मेयर र उपमेयर फर्किने बताएका छन् ।
मेयर इस्तियाकले कार्यवाहक जिम्मेवारी १३ नम्बरका वडाध्यक्ष सोमबहादुर गुरुङलाई दिएका छन् । कांग्रेसबाटै निर्वाचित भएका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष मुक्ति नाथ (भोला) यादव असन्तुष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण