देवदहका स्थानीयले फाले नगरपालिका कार्यालय अगाडि फोहोर

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यालय अगाडि स्थानीयले फोहोर फालेका छन् । नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन नगरेको भन्दै स्वतन्त्र आवाज देवदहको समूहले नगरपालिका अगाडि फोहोर फालेको हो।
पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको र दुई महिनादेखि फोहोर व्यवस्थापन नगरिँदा दुर्गन्ध फैलिएपछि नगरपालिका अगाडि फोहोर फालिएको स्वतन्त्र आवाज देवदहका अभियन्ता प्रेम थापा मगरले बताए । स्थानीयले समेत गुनासो गरेपछि फोहोर फालेर दबाब दिन बाध्य भएको उनले बताए ।
देवदह नगरपालिकाकाले भने फोहोर व्यवस्थापनका लागि काम भइरहेको र केही दिनमा समस्या समाधान हुने देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरिले बताए । देवदह–५ रहेको डम्पिङ साइटमा दीर्घकालीन रुपमा व्यवस्थापनको लागि संरचना निर्माणको काम भइरहेको र निर्माणकार्य सकिन साथ फोहोर व्यवस्थापनको काम सुरु हुने गिरिको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति