देवदहका स्थानीयले फाले नगरपालिका कार्यालय अगाडि फोहोर
बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यालय अगाडि स्थानीयले फोहोर फालेका छन् । नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन नगरेको भन्दै स्वतन्त्र आवाज देवदहको समूहले नगरपालिका अगाडि फोहोर फालेको हो।
पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको र दुई महिनादेखि फोहोर व्यवस्थापन नगरिँदा दुर्गन्ध फैलिएपछि नगरपालिका अगाडि फोहोर फालिएको स्वतन्त्र आवाज देवदहका अभियन्ता प्रेम थापा मगरले बताए । स्थानीयले समेत गुनासो गरेपछि फोहोर फालेर दबाब दिन बाध्य भएको उनले बताए ।
देवदह नगरपालिकाकाले भने फोहोर व्यवस्थापनका लागि काम भइरहेको र केही दिनमा समस्या समाधान हुने देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरिले बताए । देवदह–५ रहेको डम्पिङ साइटमा दीर्घकालीन रुपमा व्यवस्थापनको लागि संरचना निर्माणको काम भइरहेको र निर्माणकार्य सकिन साथ फोहोर व्यवस्थापनको काम सुरु हुने गिरिको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण