नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाँक्री
काठमाडौँ । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई सम्मान गरिएको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमकाबिच भण्डारी सहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भइरहेको बताएकी छन् । उनले नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जन्माएको बताइन् ।
उनले भनिन् , ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात् अपराजित यात्राको लागि खेलाडी बहिनीहरूलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरूले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’
साथै, उनले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताइन् । उनले भलिबललाई अझै उच्च स्थानमा पुर्याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण