साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनल पुग्न आज भुटानलाई हराउनैपर्ने बाध्यता
काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो ।
समूह बीमा रहेको नेपाल र भुटानबिचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र श्रीलंकाबिचको खेल दिउँसो पौने २ बजे सुरु हुने छ ।
नेपाल र भुटानबिचको खेल भने साँझ पौने ६ बजे सुरु हुने छ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनै पर्ने बाध्यता छ भने भुटानलाई बराबरीले पर्याप्त हुने छ ।
भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अङ्क जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अङ्कसहित नेपाल तेस्रो स्थानमा छ ।
भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिर भइसकेको छ ।
समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण