कंगनाको कृषि कानुनसम्बन्धी बयानबाट पन्छियो भाजपा

नयाँ दिल्ली । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डी लोकसभा सिटबाट भारतीय जनता पार्टी (भाजपा) सांसद कङ्गना रनौतले कृषि कानुनबारे दिएको अभिव्यक्ति विवादित बनेको छ । अभिनेत्रीले भाजपाले सो कानुन फिर्ता ल्याउनुपर्ने भनेकी थिइन् । तर पार्टीले उक्त भनाइ अभिनेत्रीको निजी भनाई भएको भन्दै त्यसबाट आफूलाई टाढा राखेको छ । यसपछि कङ्गनाले पनि यसलाई आफ्नो विचार बताइन् ।
कङ्गनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा मोदी सरकारले कृषि कानुन फिर्ता ल्याउनुपर्ने बताएकी थिइन् । आफ्नो समृद्धिमा कुनै रोकावट नआओस् भनेर किसानहरू आफैँले पनि यसको माग गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् । उनको यो अभिव्यक्तिपछि भाजपाका प्रवक्ता गौरव भाटियाले कङ्गना रनौतको टिप्पणीलाई उनको व्यक्तिगत बयान भनेका थिए ।
‘कङ्गना रनौतलाई भाजपाको तर्फबाट यस्तो बयान गर्ने अधिकार छैन र यसले कृषि विधेयकमा भाजपाको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दैन । यो भनाइको हामी निन्दा गर्दछौँ’ उनले भनेका थिए । भाजपा प्रवक्ताको यो बयानपछि कङ्गनाले ट्विट गर्दै यसलाई आफ्नो व्यक्तिगत भनाइ भनेकी थिइन् । ‘बिल्कुल कृषि कानुनमाथि मेरो विचार व्यक्तिगत हो र पार्टीसँग कुनै सरोकार छैन । धन्यवाद’ पोस्टमा उनले लेखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने