एसियन कप छनोट
एएफसी यू–२० एसियन कप छनोट : नेपालको पोष्टमा उज्बेकिस्तानको ६ गोल
बुधबार, ०९ असोज २०८१, १४ : ४५
काठमाडौँ । ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ को बुधबार सम्पन्न खेलमा नेपाली टोली टोली पराजित भएको छ । उज्बेकिस्तानले नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । जारी छनोट प्रतियोगितामा नेपालको यो दोस्रो हार हो ।
एएफसी यू–२० एसियन कपको छनोट प्रतियोगिता चाइनिज ताइपेइमा सञ्चालन भइरहेको छ । नेपालले खेलेको यो तेस्रो खेल हो । नेपाली टोलीले यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो ।
नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा भने आयोजक चाइनिज ताइपेइलाई ३–१ गोलले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि समिर तामाङले ह्याट्रिक गरेका थिए । नेपाली टोलीले अर्को खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण