तत्कालै लेबनान छाड्न बेलायतीहरूलाई निर्देशन
बेरुत । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न आदेश दिएका छन् । इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लडाई चर्किँदै गएपछि स्टार्मरले बेलायती नागरिकहरूलाई लेबनान छाडिहाल्न भनेका हुन् ।
त्यहाँ रहेका नागरिकहरूलाई स्वदेश फिर्ता लैजाने योजना तीव्र पारिरहेको र लडाई थप चर्किने अपेक्षामा निस्किहाल्न भनिएको छ । रक्षा मन्त्रालयले लेबनानबाट आएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन साइप्रस तर्फ ७०० जनाको टोली पठाउन लागेको छ ।
लेबनान छाडिहाल्ने समय आइसकेको भनेर साँच्चै स्पष्ट हुन जरुरी रहेको स्टार्मरले भनेका छन् । सरकारले लेबनान यात्रा नगर्न पनि भनिरहेको छ ।
यसै हप्ता इजरायली आक्रमणमा परेर लेबनानमा ५६० जना भन्दा धेरैको मृत्यु भएको थियो । लेबनानमा अहिले स्थिति खस्किँदै गइरहेको छ भने युद्धको परिणाम विनाशकारी हुँदै गइरहेको छ ।
आफ्नो देशमा जे जस्तो भइरहेको छ त्यो नरसंहार भएको लेबनानी स्वास्थ्य मन्त्रीले बीबीसीसँग भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण