भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही विवादमा, परिसरले अनुसन्धान गर्दै
काठमाडौँ । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही विवादमा तानिएकी छन् । आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।
बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’
बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् । २०८० माघमा कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण