स्थानीय तहले उत्पादन क्षमता बढाउनुपर्छ : मन्त्री काफ्ले
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्ने बताएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी रामेछापमा भएको स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताएका हुन् ।
उनले उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना हुने बताए । उनले आफू २४ घण्टै जनताको सम्पर्क रहने र अहिले जनतासँग सल्लाह गर्न आएको पनि बताए ।
उनले भने, ‘बीपी भनेझैँ काम गर्न अलमल हुँदा जनताका समस्याहरू समाधान हुन सकेका छैनन् ।’
सबै तहमा फिल्ड स्टडी नगरी काम गर्ने प्रवृत्तिका कारण समाजमा दूरगामी असर परिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण