स्थानीय तहले उत्पादन क्षमता बढाउनुपर्छ : मन्त्री काफ्ले

काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्ने बताएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी रामेछापमा भएको स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताएका हुन् ।
उनले उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना हुने बताए । उनले आफू २४ घण्टै जनताको सम्पर्क रहने र अहिले जनतासँग सल्लाह गर्न आएको पनि बताए ।
उनले भने, ‘बीपी भनेझैँ काम गर्न अलमल हुँदा जनताका समस्याहरू समाधान हुन सकेका छैनन् ।’
सबै तहमा फिल्ड स्टडी नगरी काम गर्ने प्रवृत्तिका कारण समाजमा दूरगामी असर परिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटी उर्फ भेल्सा ट्रित्सुनको ऐतिहासिक योगदान
-
फिल्डरले फालको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि ...
-
९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै
-
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध
-
दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार
-
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न