पदाधिकारीमाथि भएको कुटपिटप्रति लुम्बिनी विकास कोषद्वारा खेद प्रकट
बुटवल । लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट कोषका पदाधिकारीलाई गालीगलौज तथा कुटपिट भएको घटनाप्रति खेद प्रकट गरेको छ । कोषले सो घटनामा संलग्नलाई कारबाहीको मागसमेत गरेको छ ।
कोषका सदस्यसचिव सानु राजा शाक्यले बुधबार विज्ञप्ति जारी गरी भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्तै निन्दनीय र खेदजनक रहेको जनाएका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरू र कोषको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमपछि मंगलबार निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्ति आइ हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको थियो ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरूको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीले धर्ना गरिरहेका थिए । यस सम्बन्धमा कोषको तर्फबाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटकपटक बैठक बसेको समेत विज्ञप्तिमा भनिएको छ ।
भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्यसचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग असोज ७ गते दिउँसो बैठक बसेर उपाध्यक्षको उपस्थितिमा भुक्तानी प्रक्रिया अगाडि बढाउने भन्ने अनौपचारिक सहमति समेत भइसकेको अवस्थामा घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्माण व्यवसायीको भुक्तानी कार्य अगाडि बढाउन कोष सकारात्मक रहेको भन्दै विज्ञप्तिमा सोका लागि कोषभित्र कार्यस्थलमा उपस्थित भइ काम गर्ने उचित वातावरण तयार भएमा मात्र सम्भव हुने प्रस्ट पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण